काठमाडौंको कोटेश्वर चोकमा कटुवा पेस्तोल भेटिए

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १९ गते।

काठमाडौंको  कोटेश्वर चोकमा एकाबिहानै एउटा कटुवा पेस्तोल भेटिएको छ। पेस्तोल देख्नेवित्तिकै यात्रुले  रहेका प्रहरीलाई खबर गरेका थिए। 

आज विहान ६ बजे सिन्धुलीका युवराज आलेमगरलाई अपरिचित पुरुषले पेस्तोल देखाएर लुट्ने प्रयास गरेको र उनको  प्रतिवादमा पेस्तोलधारी भागेको प्रहरी प्रभाग कोटेश्वरमा बयान दिएको प्रहरीले जनाएको छ।

यद्यपि, प्रहरीले उनको बयानलाई पुष्टि गर्ने अन्य आधार खोजी गरिरहेको छ । महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेत भन्छन्, ‘मगर प्रहरीको सम्पर्कमै छन्, हामी सोधपुछ गरिरहेका छौं ।’

प्रहरीले हतियार मगरकै समेत हुनसक्ने आशंका गरेको स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *