अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, माघ ६ गते।
भारतको गुजरातमा सोमबार राति फुटपाथमा सुतिरहेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा पनि १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रहरीका अनुसार ती सबै मजदुर थिए । घटना गुजरात प्रदेशको सुरतमा सोमबार करिब मध्यराततिर भएको हो।
उखु लोड गरेको ट्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको र फुटपाथमा सुतिरहेका मजदुरहरुलाई कुल्चिएको प्रहरीको भनाइ छ । ट्रकको ठक्करबाट सडक किनारका केही पसलका सटर पनि भत्किएका छन् ।
प्रहरीले घाइतेहरुमध्ये धेरैजसोको अवस्था गम्भीर रहेको जनाएको छ ।
प्रहरीले ट्रक ड्राइभर र क्लिनरलाई पक्राउ गरेको छ ।