पेट्रोलियम पदार्थको मूल्य बढ्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ ६ गते।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको निगमले जनाएको छ। 

एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ ।

यसअघि प्रति १५ दिनमा इन्धनबाट साढे ६७ करोड रुपैयाँ घाटा हुने देखिएपछि इन्धनको मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।

अहिले कायम हुने नयाँ बिक्री मूल्यअनुसार निगमलाई अझै पनि प्रति १५ दिनमा ५० करोड रुपैयाँ घाटा छ । डेढ महिनाको अन्तरालमा इन्डियन आयल निगम (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार सबै प्रकारका इन्धनमा ७-७ रुपैयाँ महँगो र एलपी ग्यास १९ रुपैयाँ महँगो भइसकेको छ । यसै कारणले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *