अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, माघ ७ गते।
अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा आज जो बाइडेन र र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले शपथ ग्रहण गर्दैछन् । स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ ।
नेपाली समयअनुसार आज राति १० बजेर १५ मिनेटमा शपथ-ग्रहण गरेपछि उनीहरूको कार्यकाल सुरु हुनेछ । पदभार ग्रहण गरेसँगै बाइडेन अबको ४ वर्षसम्म ह्वाइट हाउसको निवासमा बस्नेछन् ।
नव निर्वाचित राष्ट्रपति जो बाइडेनले जम्मा ३५ शब्दको शपथ खाने छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकाको संसदमा आक्रमण गरेपछि सत्तारोहण समारोहमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । आज वासिङ्टन डिसीका धेरैजसो ठाउँहरु बन्द हुने भएका छन् ।
बाइडेनले शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका छन् ।