अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,माघ ६ गते।
विराटनगरमा मेरील्याण्ड कलेजको बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते भएका छन्।
बिराटनगर उर्लाबारी सडक खण्ड अन्तर्गत भेडुवा थान नजिकै डाइनियाबाट रंगेली तर्फ विधार्थी लिई आउदै गरेको बा २ ख ४५८ नंम्बरको मेरिल्याण्ड कलेज विराटनगरको कलेज बस आफै अनियन्त्रित बस पल्टिँदा बसमा सवार रतुवामाई ३ बस्ने वर्ष १७ की रेजिना घिमिरे, वर्ष १६ को शर्दा भट्टराई, वर्ष १६ मनिषा राजवंशी, वर्ष १६ को निसा ताजपुरिया र वर्ष १६ को बिसाल कुमार मण्डल घाइते भएका छन ।
घाइते विद्यार्थीलाई उपचारका लागि विराटनगर लगिएको उनले बताए।
उनले डाइनियाबाट विद्यार्थी लिएर आइरहेको अवस्थामा बाक्लो हुस्सुसँगै सडकमा मोटरसाइकललाई जोगाउने क्रममा बस दुर्घटनामा परेको हुनसक्ने बताए।
प्रहरीले बससहित चालक ३१ वर्षीय धर्मेन्द्र वर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।