आज प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाए

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, फागुन १७ गते।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आज बिहानै उनले कोरोना खोप लगाएको आफ्नो ट्वीटर मार्फत जानकारी दिएका छन् ।

मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो ।

भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड-१९ बाट मुक्त बनाऔं ।’

साथै उनले विश्वमा कोरोना महामारी नियन्त्रणका लागि आफ्नो देशका डाक्टर र वैज्ञानिकले द्रुत गतिमा काम गरेको पनि उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *