फागुन २२ देखि २४ सम्म महिला हस्तकला मेला हुने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन १७ गते।

महिला हस्तकला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचारप्रसार गर्नका लागि आगामी फागुन २२ देखि २४ सम्म महिला हस्तकला मेला आयोजना हुन लागेको हो।

नेपाल हस्तकला महासङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ।

ललितपुरमा हुन लागेको उक्त मेलामा फेल्ट, उनी, काठ, पोते, पश्मिना, ढाकाका कपडा, नेचुरल फाइवर, सिल्भर, ज्वेलरी, स्वीटर कटनलगायतका सामग्री प्रदर्शनमा राखिने महिला उद्यमी विकास समितिकी संयोजक सवितासिंह महर्जनले जानकारी दिए।

उक्त मेलालाई ललितपुर महानगरपालिका, ललितपुर हस्तकला सङ्घको सहयोग रहेको छ। मेलामा काठमाडौँ उपत्यकाका महिला उद्यमीले निर्माण गरेका हस्तकलाका सामाग्री प्रदर्शनमा राखिने महासङ्घले जनाएको छ । मेलामा ५० भन्दा बढी कक्ष रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *