अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन १७ गते।
राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रुपमा विघटन गरिएको प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते दिउँसो ४ बजे बस्न आह्वान गर्नुभएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
सोमबार राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै २३ गते ४ बजेका लागि संसद अधिवेशन बोलाइएको पुष्टि गरेको हो ।
पार्टीभित्रको आन्तरिक किचलोका कारण प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभएको थियो । राष्ट्रपतिद्वारा सोही दिन संसद विघटन र मध्यावधि निर्वाचन घोषणा गर्नुभयो । तर सर्वोच्चको संवैधानिक इजलासले उक्त निर्णय उल्याएर संसदको अधिवेशन बोलाउन आदेश दिएको थियो ।