म्यान्मारमा प्रहरीको गोली लागि १८ जना प्रदर्शनकारीको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, फागुन १७ गते।

सैनिक ‘कु’ को विरोधमा म्यान्मारमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयले १८ जनाको मृत्यु भएको पुष्टि गर्दै कम्तीमा ३० जना घाइते भएका जनाएको हो ।

फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएपछि म्यान्मारमा जारी प्रदर्शनमा ब्यापक दमन भएपछि आन्दोलन झन चर्किन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आङ सान सू ची लगायतका नेताहरूलाई अपदस्थ गरेर सेनाले सत्ता हातमा लिएपछि त्यसको विश्वव्यापीरूपमा निन्दा हुँदै आएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गर्दै अहिलेसम्मकै ‘घातक घटना’ भएको टिप्पणी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *