अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,भदौ १७ गते।
अभिनेता तथा बिग बोस १३ औं संसकरणका विजेता सिद्धार्थ शुक्लाको बिहीबार निधन भएको छ। मुम्बईको कूपर अस्पतालले सिद्धार्थको मृत्यु भएको पुष्टि गरेको छ। ४० वर्षीय सिद्धार्थ शुक्लाको हृदयघातबाट मृत्यु भएको हो।
प्राप्त जानकारी अनुसार अभिनेता सिद्धार्थ शुक्लाले राती सुत्नु अघि केही औषधि लिएका थिए तर त्यस पछि उनी उठ्न सकेनन्। अस्पतालले पछि पुष्टि गर्यो कि सिद्धार्थको मृत्यु हृदयघातबाट भएको हो।
सिद्धार्थ शुक्लाले आफ्नी आमा र दुई दिदीबहिनीलाई छाडेर यो संसार छोडे। कपूर अस्पतालका अनुसार सिद्धार्थ शुक्लाको बिहीबार बिहान अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो। सिद्धार्थ शुक्लाको आकस्मिक निधनले सम्पूर्ण बलिउड र टीभी उद्योग शोकमा छ।