अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १७ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ हजार ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ८ लाख ५० हजार २०८पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म निको हुनेको संख्या ७ लाख २१ हजार १८२ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।