भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने योजना स्थगित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,मंसिर १६ गते।  

भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने योजना स्थगित गरेको छ ।

नयाँ ओमिक्रोन भेरियन्टको त्रासका कारण डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने योजना हालका लागि स्थगित गरिएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् ।

उक्त निर्णयबारे भारतको नागरिक उड्डयन महानिर्देशनालयले बुधबार एक परिपत्र जारी गर्दै जनाएको छ ।

‘चिन्ताको विषय बनेको नयाँ भेरियन्ट पत्ता लागेपछि । विश्वभर विकसित परिदृश्यलाई मध्यनजर गर्दै सबै सरोकारवालासँगको परामर्शका आधारमा अवस्थालाई नजिकबाट हेरिएको छ । उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छ,’ महानिर्देशनालयले जारी गरेको परिपत्रमा भनिएको छ ।

यो सँगै नेपाल र व्यावसायिक उडानसमेत प्रभावित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *