बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढ्न थालेपछि प्रधानमन्त्री बोरिस जोनसन द्धारा ‘ओमिक्रोन आपतकाल’ घोषणा

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,मंसिर २७ गते।  

बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढ्न थालेपछि प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा ‘‌ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन्।

ओमिक्रोन संक्रमण रोक्न उनले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई यसै सातादेखि बुस्टर डोज खोप लगाइने जानकारीसमेत गराएका छन्।

प्रधानमन्त्री जोनसनले सम्बोधन गर्दै ओमिक्रोनको छाल र ज्वारभाटा नै आउनेमा कुनै आशंका नभएको भन्दै समयमै सतर्कता अपनाउन आग्रह गरेका हुन्।

यसअघि बेलायतले जनवरीको अन्त्यदेखि मात्रै बुस्टर खोप लगाउने योजना बनाएको थियो। तर ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढेपछि बुस्टर खोप अभियान एक महिना अगाडि सारिएको प्रधानमन्त्री जोनसनले जानकारी दिए।

कोरोनाविरुद्धको खोप दुई डोज मात्र पर्याप्त नहुने हुँदा बुस्टर डोज अनिवार्य रहेकाले यसले भाइरस नियन्त्रणमा ७५ प्रतिशतसम्म काम गर्ने अधिकारीहरूको दाबी छ। जसका कारण अस्पतालमा हुने चाप समेत नियन्त्रण गर्न सकिन्छ ।

यसैबीच बेलायतले बुस्टर खोप अभियानलाई केन्द्रित गर्न अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई स्थगित गरेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *