अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर २७ गते।
ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् ।
दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा सङ्कटा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाईज क्लब भिड्ने छन्। जावलाखेल र ब्रिगेडबीचको खेल पौने ५ बजे सुरु हुनेछ ।
काठमाडौँको दशरथ रंगशालामा आइतबार साँझ भएको खेल गोलरहित बराबरीमा सकिँदा दुवै टोलीले अङ्क बाँडेका हुन् ।
खेल बराबरीमा सकिएसँगै पहिलो १ अङ्क जोडेको एपीएफ १३ औँ स्थानमा उक्लिएको छ भने थ्री स्टार ५ औँ स्थानमा उक्लिएको छ ।