भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ३१ गते।

भारतबाट पेट्रोलिय पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

इण्डियल आयल कर्पाेरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा, डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा र हवाइ इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँ ५० पैसाले घटेर आए छ । नयाँ मूल्य हेरफेर भएर आएसँगै निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा देखिन्छ भने डिजेलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको पनि निगमले जनाएको छ ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य हेरफेर भएर आएपनि निगमले अझैँ मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *