शाखा अधिकृतको प्रथम पत्रको लिखित परीक्षा स्थगित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १४ गते।

शाखा अधिकृतको प्रथम पत्रको लिखित परीक्षा स्थगित भएको छ ।

आयोगले आइतबार एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको आदेशअनुसार सो परीक्षा स्थगित गरेको जनाएको छ ।

सूचनामा सर्वोच्च अदालतबाट भएको अल्पकालीन अन्तरिम आदेशको कार्यान्वयन गर्ने क्रममा परीक्षा स्थगित गरिएको उल्लेख छ ।

चैत २६ गते शनिबार ११ बजे प्रथम पत्रको परीक्षा हुने तय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *