सर्वोच्च अदालतको आदेशअनुसार नेपाल टेलिभिजनको लिखित परीक्षा स्थगित

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २६ गते।

नेपाल टेलिभिजनको विभिन्न विज्ञापनको लिखित परीक्षा स्थगित भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार लोकसेवा आयोगले अध्यक्षस्तरको निर्णयअनुसार परीक्षा स्थगित गरेको जनाएको छ ।

लोकसेवा आयोगले बिहीबार सूचना जारी गर्दै साउन ३० गतेदेखि भदौ १४ गतेका लागि तय गरिएको खुला तथा समावेशी तर्फका विभिन्न विज्ञापनको लिखित परीक्षा स्थगित भएको जनाएको छ ।

आयोगले सर्वोच्च अदालतले गत साउन २३ गते अर्को आदेश जारी नभएसम्म लिखित परीक्षा नगर्नु नगराउनु भनी अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *