रिजर्भमा जाने भनि झुक्याई टेम्पु चालकको हत्या आरोपित पाँच जना पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,साउन २६ गते।

टेम्पु चालक अर्जुन साहको हत्या आरोपमा महोत्तरी प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। साउन २० गते घर बाट हराई वेपता भएकोमा निजलाई खोजतलाश गर्ने क्रममा मिति २०७९।०४।२३ गते करिब १० बजेको समयमा महोत्तरी लोहारपट्टी नगरपालिका -८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडकमा अर्जुन साहको शव भेटिएको थियो।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले शुक्रबार पाँच जनालाई सार्वजनिक गरेको हो। महोत्तरी प्रहरीले लोहारपट्टी नगरपालिका -४ घर भएर जनकपुर -७ मा बस्ने ३२ वर्षीय जितकुमार यादव, लोहारपट्टी नगरपालिका -४ घर भएर जनकपुर डेरा गरेर बस्ने २१ वर्षीय कृष्ण यादव, जनकपुर – १८ घर भएका २५ वर्षीय  सन्तोष कुमार, धनुषा औरही गाउँपालिका -२ पौडेश्वर घर भएर क्षिरेश्वरनाथ नगरपालिका – २ महेन्द्रनगर डेरा गरेर बस्ने २१ वर्षीया प्रमिला महरा र औरही नगरपालिका -२ पौडेश्वर घर भएर क्षिरेश्वरनाथ नगरपालिका -३ महेन्द्रनगरमा बस्ने बिगुल मुखिया विनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।

जितकुमार यादवका भाइ कृष्ण यादव र बिगुल मुखियाकी श्रीमती २१ वर्षीया  प्रमिला महराको पूर्व योजना अनुसार जितकुमार यादव र सन्तोष साहले अर्जुन साहलाई रिजर्भमा जाने भनेर टेम्पोमा भित्री सडकमा लगेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

महोत्तरीको लोहारपटी नगरपालिका -८ भगवानपुर चौरस्थित भ्रमरपुराको भित्री सडकमा दुवै जना मिलेर गम्छाले घाँटीमा पछाडिबाट पासो लगाएर हत्या गरेपछि शव नहरमा फालेको प्रहरी बयानबाट खुलेको

पाँचै जनालाई क्षिरेश्वरनाथ नगरपालिका-३ महेन्द्रनगरबाट लुकिछपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।घटनाको विभिन्न पक्षबाट अनुसन्धान भइरहेको पंगेनीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *