कर्णाली प्रदेश लोक सेवा आयोग द्धारा विभिन्न पदमा स्थायी पद पूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर २७ गते।

कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पद र समूहमा स्थायी पद पूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका अप्राविधिकरप्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको छ ।

योग्यता पुगेका उमेदवारहरूले पुस १८ गतेसम्म दरखास्त दिन सक्नेछन् । तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *