अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर २७ गते।
फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरू आजबाट सुरु हुँदैछ ।
पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौँ पटक विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ । अर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ ।
क्रोएसियाले विश्वकप उपाधि जित्न सकेको छैन ।