अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ३ गते।
विराटनगर महानगरपालिकाले कार्यालयले एक सूचना प्रकाशन गर्दै पूर्वाधार सम्बन्धी कार्यका लागि सिभिल इन्जिनियर माग गरेको हो ।
महानगरपालिकाले सेवा करारमा इन्जिनियर तथा सव-इन्जिनियर माग गरेको छ ।
‘आर्थिक वर्ष २०७८/७९ देखि हालसम्म लोक सेवा आयोग काठमाडौँ र धनकुटा तथा इलाम कार्यालय एवम् प्रदेश लोक सेवा आयोग प्रदेश नं १ विराटनगरबाट वैकल्पिक तथा अस्थायी योग्यता क्रममा सिफारिस भएका उम्मेदवारहरूलाई यो सूचना प्रकाशित भएको सात दिन भित्र तपसिल बमोजिमका कागजातसहित निवेदन पेस गर्न यो सूचना प्रकाशित गरिएको छ’ शनिवार प्रकाशित सूचनामा भनिएको छ ।
इच्छुक व्यक्तिले निवेदनसहित प्रवेश पत्रको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नेपाल इन्जिनियरिङ परिषद् दर्ता प्रमाणपत्रको प्रतिलिपि र वैकल्पिक तथा अस्थायी योग्यता क्रममा सिफारिस भएको विवरणसहितका कागजात पेस गर्नुपर्नेछ ।