क्रोएसियाले विश्वकपमा पुनः एकपल्ट तेस्रो स्थान जित्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ३ गते।

क्रोएसियाले विश्वकप फुटबलको इतिहासमा पुनः एकपल्ट दोस्रो पटक तेस्रो स्थान हात पार्न सफल भएको छ ।

मोरक्कोलाई शनिबार भएको प्लेअफमा क्रोएसियाले २-१ गोलअन्तरले पराजित गरेको हो ।

सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर दुई मिनेट पछि नै मोरक्कोका असरफ दारीले बराबरी गोल फर्काएका थिए ।

मिस्लाभ ओरसिचले खेलको ४२ औँ मिनेटमा गोल गर्दै क्रोएसियालाई पुनः अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरे पनि गोल हुनसकेन र खेल क्रोएसियाले आफ्नो पक्षमा पार्न सफल भयो ।

क्रोएसियाले यसअघि सन् १९९८ को विश्शवकपमा तेस्रो स्थान हात पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *