महोत्तरीबाट नक्कली नोटसहित एक भारतीय पक्राउ

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,पुस २ गते।

महोत्तरीबाट नक्कली नोटसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिहार राज्य सितामढी जिल्ला भदियन ग्रामपञ्चायतका २१ वर्षीय रमणकुमार चौधरी छन् ।

उनलाई ११ हजारका नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जलेश्वर नगरपालिका ३ मलिवारा स्थित अब्दुल अन्सारीको कठेरा पसलमा नेपाली नोट साट्ने क्रममा पक्राउ गरेको हो ।

निजलाइ पक्राउ गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *