अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २ गते।
निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ।
आज दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
प्रतिवेदन बुझाउनुअघि शनिबार नै सबै प्रदेश राजधानीमा पत्रकार सम्मेलन गरी सम्बन्धित प्रदेशको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी आयोगले जनाएको छ। प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना निर्वाचित भएका छन्।
आयोगले प्रतिवेदन बुझाएपछि सात वटै प्रदेशमा पनि नयाँ सरकार गठनको बाटो खुल्नेछ। आयोगको प्रतिवेदन बुझिसकेपछि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ।