अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २ गते।
फिफा विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि प्ले अफमा मोरक्को र क्रोएसिया भिड्ने छन् ।
खेल राति ८:४५ बजे खालिफा स्टेडिएममा हुनेछ । सेमी फाइनलमा पराजित भएका यी दुई राष्ट्रले तेस्रो स्थानका लागि आज खेल्न लागेका हुन् ।
क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३-० ले पराजित भएपछि मोरोक्कोसँग भेट भएको हो । सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २-० ले पराजित भएको थियो ।
प्रतियोगिताको फाइनल खेल भने आइतबार हुनेछ । फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन् ।