अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,पुस २४ गते।
राष्ट्रिय प्रजातन्त्र पार्टी धनुषा जनकपुरधाम उप-महानगरपालिका वडा न ४ मा सदस्यता बितरण कार्यक्रम गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष सोमेन्द्र ठाकुरको अध्यक्षतमा तथा उपाध्यक्ष जितेन्द्र प्रसाद साह ,नगर सचिब नविन कुमार झा र जिल्ला सद्स्य मु्नु झा को उपस्थितीमा जनकपुरधाम उप-महानगरपालिका वडा न ४ मुरलिचौक स्थित दुर्गा मन्दिरमा पार्टीमा सद्स्यता वितरण कार्यक्रम गरिएको छ।

अनलाईन न्युजपाटी संग कुरा गर्दै नगर सचिव नविन झाले भने अब छिट्टै जनकपुरधामको सम्पुर्ण वार्डमा छुटै वार्ड कमिटि कायम गरिने छ। जसले अब आउने निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी जनकपुरधाममा राम्रो स्थान ल्याउने छन।

“हिन्दु राष्ट्र तथा राजसँस्था हाम्रो प्रथम एजेन्डा हो नगर सचिव नविन झाले जनाउनु भयो “।