अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,पुस २४ गते।
पूर्व युवराज्ञी हिमानी शाहद्धारा संचालित सेवामुलक संस्था हिमानी ट्रष्ट मार्फत धनुषाको क्षिरेश्वरनाथ नगरपालिका मुशहरी टोलमा विपन्न परिवारबाट ३० जना बाल-बालिकाहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।

हिमानी कोष धनुषाका अध्यक्ष जीतेन्द्र कुमार शाहको अध्यक्षतामा उपाध्यक्ष किशा गिरि र कोष स्वंयसेवकहरुको उपस्थितिमा विपन्न परिवारबाट ३० जना बाल-बालिकाहरुलाई छनोट गरी हिमानी ट्रष्ट मार्फत आज पौष्टिक आहार लिटो वितरण गरिएको हो ।

देशभर हिमानी ट्रष्टले राहत लगायतको सेवामुलक कार्य संचालनमा गर्दै आइरहेको छ । सोही सेवामुलक कार्य अन्तरगत हिमानी कोषको सहयोगमा धनुषाको विपन्न परिवारलाई पौष्टिक आहार लिटो वितरण गरिएको हो ।