स्रोत नखुलेको साढे १४ लाख रुपैयाँसहित एकजना भारतीय नागरिक रौतहटबाट पक्राउ

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता, पुस २६ गते।  

रौतहटबाट स्रोत नखुलेको साढे १४ लाख रुपैयाँसहित एकजना भारतीय नागरिकलाई  सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण तिलहरा ७ बस्ने ३९ वर्षीय संजयकुमार जयसवाल छन्। 

बी.आर ०५ ए.जी.८०५६ नम्बरको अपाचे मोटरसाइकलमा भारतबाट नेपाल आईरहेका बेला सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनि लुकाइ ल्याउँदै गरेको १४ लाख ५० हजार स्रोत नखुलेको नेपाली रुपैयाँ बरामद भएको उनले बताए। 

पक्राउ परेका जयसवालमाथि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *