माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने: शिक्षा मन्त्रालय

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २६ गते।  

कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

सीसीएमसीसीकै सिफारिस अनुसार विद्यालय बन्द हुने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकरी दिए । कोरोनाको संक्रमण बढेपछि आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

मन्त्रालयले विद्यार्थीलाई वैकल्पिक सिकाइसँग जोड्न मन्त्रालयले निर्देशन दिएको छ । विज्ञप्तिमा भनिएको छ ‘विदाको अवधिमा सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउनू ।’

त्यस्तै विश्वविद्यालय शैक्षिक प्रतिष्ठानहरुको पूर्वनिर्धारित सेमेष्टर, वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्डहरु पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *