मिथिला मध्यमा परिक्रमा आज बिसौल पुग्ने

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र २ गते। 

मिथिला मध्यमा परिक्रमा आज बिसौल पुग्ने भएका छन् ।

मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्नेछ। पुनः भारतको करुणा, विशौललगायतका धार्मिक स्थल हुँदै १४ औं दिनमा जनकपुरधाम पुग्नेछ। परिक्रमा महोत्तरीको कञ्चनवणमा पुगेपछि मिथिलामा होलीको सुरुवात हुन्छ।

मध्यमा परिक्रमाकाे अन्तिम दिन फागु पुर्णिमाका दिन अन्तगृह परिक्रमा अर्थात जनकपुरधाम नगरकाे ५ किलाेमिटर दुरीकाे परिक्रमा गरि सम्पन्न हुनेछ । अन्तगृह परिक्रमालाई पंचकाेशी परिक्रमा समेत भन्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *