अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, चैत्र २ गते।
युक्रेनको राजधानी किभमा बिहीबारदेखि ३५ घन्टाका लागि कर्फ्यु घोषणा गरिएको छ ।
रुसी सेनाले राजधानी किभका आवासीय भवनलाई लक्षित गर्दै हमला गरिरहेका बेला कर्फ्यु घोषणा गरिएको हो ।
सर्वसाधारणलाई बमबारीबाट जोगिनका लागि बनाइएको आश्रयस्थलमा बस्न सरकारले आह्वान गरेको छ । मंगलबार रुसी सेनाको हमलामा किभमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।