नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलायो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र २ गते।

नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ ।

म्यादी प्रहरीका लागि चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने जनाएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले म्यादी प्रहरीका लागि दर्खास्त दिन सक्ने छन् ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् ।

म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने सूचनामा भनिएको छ ।

२०७८ साउन १ गतेदेखि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्राथमिकता पाउनेछन् । नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र विगतका निर्वाचनमा म्यादी प्रहरीका रुपमा काम गरेकाले पनि प्राथमिकता पाउने भनिएको छ ।

म्यादी प्रहरी सम्बन्धी अन्तिम नतिजा २२ चैतमा प्रकाशित हुनेछ भने उनीहरुको सेवा अवधि ४० दिन रहेनछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *