जनकपुरधाममा स्कुल बसको ठक्करले एक जनाको मृत्यु

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र १७ गते।

जनकपुरधाममा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

आज जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ खाद्य संस्थान नजिक पुष्पबाटिका स्कुलको प्रदेश–२–०३ ००१ख ०५३२ नम्बरको बसले ठकक्र दिँदा क्षिरेश्वरनाथ नगरपालिका १ बस्ने ३५ बर्षीय मनोज लामिछानेको मृत्यु भएको हो ।

जनकपुरधामबाट लक्ष्मीनियाँ तर्फ जाँदै गरेको प्र–२–०३–००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भिर घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएका छन् ।

ठक्कर दिने बसका चालक फरार भएकाले खोजी भइरहेको तथा यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *