आफ्नै भाउजुलाई आगो लगाएर हत्या गरेको आरोपमा एक युवक पक्राउ

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,जेठ १७ गते।

आफ्नै भाउजुलाई आगो लगाएर हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका १ धनगढी निवासी प्रमेश्वर साह छन् ।

उनले गत २१ माघमा दाई रबिन साहकी श्रीमती वर्ष २७ की राजकुमारी साहलाई शरीरमा पेट्रोल छर्केर आगो लगाई हत्या गरेको अभियोग छ ।

घटना पश्चात फरार रहेका परमेश्वरलाई ईलाका प्रहरी कार्यालय बोदेबरसाईन सप्तरीबाट खटेको प्रहरी टोलिले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई सप्तरी जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न म्याद लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *