अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ १७ गते।
आज तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको काठमाडौँ ल्याइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शववाहनमा राखेर पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
योसँगै तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ ।
विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो ।
१० जनाको शव सोमबार नै काठमाडौँ ल्याइएको थियो ।