प्रधानसेनापति प्रभुराम शर्मा असार पहिलो साता विदेश भ्रमणमा जादै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ १७ गते।

असार पहिलो साता प्रधान सेनापति प्रभुराम शर्मा विदेश भ्रमणमा जाने भएका छन् ।

अमेरिकाको औपचारिक निमन्त्रणामा उनी अमेरिका जान लागेको सेनाले जनाएको छ। उनी असार १७ गतेसम्म अमेरिकामा रहनेछन्।

भ्रमणको समयमा प्रधानसेनापति शर्मा लगायतका भ्रमण टोलीले ती मिसनहरुको वस्तुस्थिति, अपरेसनल गतिविधि, फौज तैनाथीको अवस्था लगायतका पक्षका बारेमा जानकारी लिने र राष्ट्र तथा शान्ति मिसनका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्ने छन् ।

निरीक्षण भ्रमणबाट द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ फौजको हौसला अभिवृद्धि हुनुका साथै उच्च पदस्थ अधिकारीहरुसँगको भेटघाटबाट द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्ध थप वृद्धि हुने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *