मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ १७ गते।

मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नेपाल नागरिक उड्डयन प्राधिकरणले नदिने भएको छ ।

प्राधिकरणले तारा एअरको विमान दुर्घटना भएसँगै उड्ने र पुग्ने स्थानको मौसम सफा नभएसँगै उडान अनुमति नदिने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता देवचन्द्रलाल कर्णले इनरुटको मौसम सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार यस्तो निर्णय भीएफआर (भिजुअल फ्लाइट रुल्स)बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागू हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *