आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ १८ गते।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको  उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

हाल देशको पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई  स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र  हावा  हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राती  प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि   सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम  सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरूमा र बागमती प्रदेश , गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *