अनलाईन न्युजपाटी महेश सिंह,सिरहा समाचारदाता,असार २६ गते।
सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष खेम चन्द्र यादवले पालिका भित्र रहेका सुत्केरी र गर्भवती महिलाहरुलाई पोषण स्वास्थ्य कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुलाइ पौस्टिक खाद्य पदार्थ बितरण गरेका छन्।
गर्भवती महिलाहरुबाट जन्मिने बच्चाहरु कुपोषणबाट मुक्त र कुपोषणको सिकार बन्न नदिन पालिका अध्यक्ष यादवले मद्य्य नजर गर्दै गर्भवती महिलाहरुलाई पौस्टिक खाद्य सामग्री सहयोग गरिएका छन्।
गर्भवती महिलाहरुलाई पौस्टिक आहारको कमिले गर्दा जन्मिएको बच्चाहरु कुपोषण हुन् जान्छ। जन्मिने बच्चाहरुलाई कुपोषण बाट बच्चनलाई गर्भवती आमालाई नै पौष्टिक आहार पालिकाले खुवाउनलाई सुझाब सहित पौस्टिक खाध्य सामग्री वितरण गरिएको हो।
पालिका अध्यक्ष यादवले स्वास्थ शिक्षा, कृषिमा निकै जोड दिएका स्थानीयहरुले बताए।