मधेश प्रदेश आर्थिक वर्ष २०७९/८० को बजेट बहुमतले पास

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असार २६ गते।

मधेश प्रदेश आर्थिक वर्ष २०७९/८० को बजेट बहुमतले पास भएको छ ।

प्रदेशसभा बैठकबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको हो ।

प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले पेस गरेको आर्थिक विधेयक २०७९ तथा कर तथा गैर कर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएपछि बजेट पारित भएको हो ।

यसअघि शनिबार प्रदेशसभाबाट विनियोजन विधेयक पारित भएको थियो ।

असार १ मा मधेस प्रदेशका अर्थमन्त्री साहले आव २०७९/०८०का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *