अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,साउन २४ गते।
प्रतिवन्धित लागु औषध नाईट्रोभेट ३०० ट्यावलेट सहित धनुषाबाट एक जना पक्राउ परेको छ ।
बिशेष सुचनाको आधारमा जनकपुरधाम उप-महानगरपालिका वडा नं. १ स्थित रहेको रघुपती पार्टी प्यालेसको निर्माणाधिन अवस्थमा रहेको भन्सा कोठा नजिकै लागुऔषधको खरिद बिक्री भई रहेको सुचनाको आधारमा तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषाबाट विशेष अनुसन्धान टोली खटी उक्त स्थानबाट पक्राउ परेको छ।
शंकास्पद रुपमा बसीरहेकोमा वर्ष २४ को प्रकाश साहको शरीर खानतलासी गर्दा निजले लगाएको जिन्स पाईन्टको बायाँ साईडको अगाडी खल्ती भित्रबाट कालो प्लास्टिकको झोलामा बेरी लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागु औषध NITRAVET®-10 लेखिएको ३०० ट्याब्लेट र २ वटा मोवाईल फेला परेको छ ।
बरामद भएको समान सहित निजलाई नियनत्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई लागु औषध मुद्दामा म्याद लिई थप अनुसन्धान कार्य भई रहेको छ ।