अनलाईन न्युजपाटी प्रिन्स मिश्र ,कपिलवस्तु,समाचारदाता,साउन २५ गते।
कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।
मंगलबार राति धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै मोहनापुल अत्तरिया सडकखण्डमा से २ प ५२८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु र चालक घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार डोटीको जोरायल गाउँपालिका–१ का २८ वर्षीय चित्र मडैको मृत्यु भएको प्रहरीले बताएको छ। गम्भीर घाइते२१ वर्षीय सन्तोष मल्लको माया मेट्रो अस्पताल उपचार भइरहेको छ।
गम्भीर घाइते भएका मडैलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल पुगाइएको भए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीको प्रहरीले बताएको छ।