निशब्द छु, कारण हाम्रो अनलाईन न्युजपाटीको एक साथी शैलेन्द्र मण्डल यस संसारबाट बिदा भएर जानु भयो। भनिन्छ, दार्शनिक एवं चिन्तकको भौतिक शरीर मात्र नष्ट हुन्छ तर उनीहरू मर्दैनन्। महान विचार, दिर्घयमी सोच, लगनशील, अति मिलानसार, आमा बुबाको आज्ञाकारी छोरो मेरो मिल्ने मित्र यो संसार छोडेर गयो। मृत आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद् घडीमा सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।