आज थपिए ४८७ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख ४६ हजार ६१पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ८ गते।

आज पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४६ हजार ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ६४ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७९ हजार ९३८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *