ज्ञान मिसेज नेपालगञ्जको फाइनल यही भदौ ११ गते नेपालगन्जमा हुने

अनलाईन न्युजपाटी ,प्रिन्स मिश्रा, कपिलवस्तु समाचारदाता,भदौ ८ गते।  

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा आयोजना गरिएको तिज नृत्य प्रतियोगिता संगै फेसन सो र ज्ञान  मिसेज नेपालगञ्जको फाइनल यही भदौ ११ गते नेपालगन्जमा हुने भएको छ ।

प्रतियोगिताको अडिसन बाट छनोट भएका २१ प्रतिस्पर्धिहरु मध्ये बाट छनोट भएका ११ जना प्रतियोगिहरुलाई आज पत्रकार सम्मेलन मार्फत सार्बजनिक समेत गरिएको छ । अवधि मिडिया ग्रुप प्रा.लि. द्धारा सञ्चालित जी नेपाल फोरके टेलिभिजनको आयोजनामा गरिएको उक्त प्रतियोगिताको फाईनलमा नायिका करिश्मा मानन्धर , पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ सहभागि हुने टिलिभिजनका प्रमुख आशिष गुप्ताले जानकारी दिए ।

प्रतियोगितामा नृत्य र फेसन संगै ज्ञान मिसेज नेपालगञ्ज बिधाका फस्ट रनरअपले ५१ हजार , सेकेन्ड रनरअपले ३१ हजार, थर्ड रनरअपले २१ हजार पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् । यो सबैभन्दा ठुलो राशीको पुरस्कारको प्रतियोगिता भएको आयोजकले दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *