विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते

अनलाईन न्युजपाटी ,बिराटनगर,समाचारदाता,भदौ ८ गते।

विराटनगरमा मङ्गलबार साँझ दुई पक्षबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

पुरानो रिसिइबीका कारण दोहोरो झडप हुँदा राजकुमार राजबंशी गम्भीर घाइते भएका हुन् ।

उनको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । अन्यको कोसी अस्पतालमा उपचार भइरहेको छ ।

कुटाकुट हुँदा अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका हुन् ।उनीहरू राजवंशीको समूहका हुन् ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *