लहान सरसफाइ शाखाद्धारा एक नम्बर रोडमा सरसफाइ

अनलाईन न्युजपाटी ,महेश सिंह सिरहा,समाचारदाता,भदौ ८ गते।

दिन प्रति दिन लहान बजारमा अब्यवस्थित फोहर फ्याकेको कारण लहान बजार दुर्गन्धित भएका छन्।

फोहर ब्यवस्थापनका लागी लहान नगरपालिकाको सरसफाई शखा कार्यालयका संयोजक राजेश बिसुनकेको संयोजकत्वमा लहानका रोड नम्बर १ को घन्टा घर देखि दक्षिण विशाल होटेल सम्म दर्जनौंको उपस्थितमा सडकको पेटीमा अब्यस्थित फालिएको फोहर संकलन गर्दै घर मुलिहरुलाई जथाभावी फोहर नफ्याकन सचेत गर्दै ठुलो पलास्टीकको झोला वितरण गरिएका छन्।

लहान बजारलाई सफा र फोहर मुक्त शहर बनाउन सरसफाई कार्यालय लहान शखाको उदेश्य रहेको एलिना हेङ्गमाङ्गले बताए।अबको आउने दिनमा जथाभावी फोहर फ्याकियो भने लहान नगरपालिकाको नियामानुसार जरिवाना समेत काटने संयोजक बिशुनकेले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *