महोत्तरीको भंगहा नगरपालिकामा दुई समुदायबीचको झडप उग्र रुप लिएपछि अनिश्चितकालीन कर्फ्यू जारी

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,कार्तिक ११ गते।

महोत्तरीको भंगहा नगरपालिकामा दुई समुदायबीचको झडप उग्र रुप लिएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ ।

हिंसा नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यु आदेश जारी गरिएको छ ।

भंगहा नगरपालिका–८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको प्रशासनले जनाएको छ ।

प्रशासनको जारी आदेशमा भनिएको छ, ‘उक्त स्थानमा भेला, जुलुस, प्रदर्शन, घेराउ, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी स्थानीय प्रशासनको ऐन, २०२८ को दफा ६ क बमोजिम मिति २०७९-०७-१० गते १६:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि देहाय बमोजिमको चारकिल्ला भित्र कफ्र्यू आदेश जारी गरिएको छ ।’

बिहीबार बिहान करिब १० बजेतिर हिन्दु सेना सम्राटले मार्च पास निकालेका थिए। त्यसै क्रममा वडा नम्बर ८ स्थित पररियामा दुबै समूहबीच झडप भएको थियो। दुबैतर्फबाट भएको ढुंगामुढाको क्रममा सुरक्षाकर्मीसमेत गरी झन्डै एक दर्जन व्यक्ति घाइते भएको प्रहरीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *