अनलाईन न्युजपाटी ,प्रभाश झा ,समाचारदाता,मंसिर २० गते।
मंगलबार राती जनकपुर बलवा सडक खण्ड पर्ने रतौलीमा एक जनाको मृत्यु भएको छ।
महोत्तरीको बलवा नगरपालिकाबाट जनकपुर आउने क्रममा जनकपुर बलवा सडक – खण्ड पर्ने रतौलीमा दुर्घटनामा परी मृत्यु भएको छ।
मृत्यु हुनेमा महोत्तरीको बलवा नगरपालिका भई बदिया बन्चौरीको महाबिर रौनियारको छोरा मोहन साह रौनियारको सडक दुर्घटनामा परी मृत्यु भएको छ।
हाम्रा समाचारदाता प्रभाश झा का अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका साहको मृत्यु भईसकेको र शव प्रहरीले जिम्मा लिई आवश्यक अनुसन्धानको लागि जनकपुर प्रादेशिक अस्पताल पठाएको समेत जानकारी गराएको छ।