मेचीनगरमा ग्यास सिलिण्डर विष्फोट हुँदा १ जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २२ गते।  

झापाको मेचीनगर वडा नम्बर ७ मा  ग्यास सिलिण्डर विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

बुधबार राति केशव पाठकको घरमा अचानक आगलागी भएको थियो । आगो निभाउने प्रयास गर्दा खाना पकाउने ग्यास सिलिण्ड विस्फोट हुँदा मेचीनगर–८ की ४५ वर्षीया सारदा राजवंशीको मृत्यु भएको हो ।

यस्तै आगलागीमा घाइते हुनेमा मेचीनगर ८ का लेखनाथ तिमल्सिना, बिर्तामोड ९ का गोविन्द प्रसाद राजवंशी, मेचिनगर ७ का दिपेन्द्र कार्की, मेचिनगर ७ कै चन्दन गौतम, मेचीनगर ७ कै सुबलाल राजवंशी, विनोद गिरि, नवराज श्रेष्ठ, सन्देश बोहोरा, भवानी शंकर न्यौपाने, मेचीनगर ८ का हरि वि.क., निर्मल शर्मा पनि घाइते भएका छन् ।

घाइते उनलाई उपचारका लागि एन्जल मेडिकल धुलाबारी पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरमा कोही नभएको समयमा आगलागी भएको थियो । त्यसैमा सिलिण्डर समेत विष्फोट हुँदा घर जलेर नस्ट हुनुका साथै लाखौं मूल्यको सामग्री ध्वस्त भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *